नारायणी पुलबाट हाम फालेर एकजना पुरुष बेपत्ता

निराजन घिमिरे, भाद्र ८, चितवन- नारायणीको पुलबाट हामफालेर एकजाना पुरुष व्यक्ति बेपत्ता भएकाछन् । चितवन र नवलपुर जोड्ने नारायणी नदी पुलको मध्य भाग बाट हामफालेर अन्दाजी वर्षीय पुरुष बेपत्ता भएका हुन् । आज मंगलबार बिहान  ६:५० को समयमा टि व्यक्ति पुलबाट हामफालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नदीमा हाम फालेका पुरुषले पुलमा झोला समेत छाडेका र झोलामा बसको टिकट र दाङको तुलसीपुर नगरपालिका वडा नं. ४  अम्तुल प्रसाद गुप्ता लेखेको नागरिकताको प्रतिलिपि फेला परेको छ । सो नागरिकता उनकै हो या हैन भन्ने बारेमा यकिन हुन सकेको छैन । बसको टिकट समेतलाई आधार मान्दा उनि बस चढेर आएको र पुलबाट हाम फालेको अनुमान गर्न सकिने प्रहरीले बताएको छ ।

https://ujyaalonepalnews.com/archives/15513

Previous articleसाउदीको मरुभुमीमा उँट चराउनेको कथा: ‘दिनभरी उँट चराउन लगाउँथे साँझ परेपछि साङ्लोले बाँधेर राख्थे’
Next articleचितवनको लोथर सम्म ल्याइने भनिएको पेट्रोलियम पाइपलाइन अन्योलमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।