निराजन घिमिरे, भाद्र ८, चितवन- नारायणीको पुलबाट हामफालेर एकजाना पुरुष व्यक्ति बेपत्ता भएकाछन् । चितवन र नवलपुर जोड्ने नारायणी नदी पुलको मध्य भाग बाट हामफालेर अन्दाजी वर्षीय पुरुष बेपत्ता भएका हुन् । आज मंगलबार बिहान ६:५० को समयमा टि व्यक्ति पुलबाट हामफालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


नदीमा हाम फालेका पुरुषले पुलमा झोला समेत छाडेका र झोलामा बसको टिकट र दाङको तुलसीपुर नगरपालिका वडा नं. ४ अम्तुल प्रसाद गुप्ता लेखेको नागरिकताको प्रतिलिपि फेला परेको छ । सो नागरिकता उनकै हो या हैन भन्ने बारेमा यकिन हुन सकेको छैन । बसको टिकट समेतलाई आधार मान्दा उनि बस चढेर आएको र पुलबाट हाम फालेको अनुमान गर्न सकिने प्रहरीले बताएको छ ।
https://ujyaalonepalnews.com/archives/15513


