चितवनमा लुज-डाउन: सबै सरकारी कार्यालयको सेवा सुचारु गरिने; पसल दैनिक खोल्न पाईने
चितवन : चितवनमा फेरि निषेधाज्ञा १० दिन थप भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले भोलि भदौ १० गते बिहीबार राति १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको हो । प्रशासनले शुक्रबारदेखि बजार दैनिक ६ घण्टा खोल्न पाउने निर्णय गरेको छ । यस अघिको आदेशमा बजार साताको तीन दिन ६ घण्टा खोल्न पाइने उल्लेख थियो ।
सबै सरकारी कार्यालय जनस्वास्थ्यको मापदण्ड पालना गर्दै भिडभाडको बिश्लेषण सातै स्थानीय तहलाई फरक फरक बार आलोपालो प्रणाली अनुसार खोल्न पाइने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । कुन दिन कुन स्थानीय तहका सेवाग्राहीलाई सेवा दिने भन्ने निर्णय भने सम्बन्धित कार्यालयले गर्ने उनले बताए । उनका अनुसार कार्यालयहरुले स्थानीय तह तथा वडा अनुसार आलोपालो प्रणाली अबलम्बन गर्दै भिडभाड नहुने प्रवन्ध मिलाउनु पर्नेछ ।
शुक्रबारबाट भने दैनिक मध्यान्ह १२ देखि ६ बजेसम्म खोल्न पाइने लामिछानेले जानकारी दिए । इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स पसल, भाँडा पसल, कपडा पसल, फेन्सी पसल, कस्मेटिक तथा गिफ्ट पसल, सुनचाँदी पसल, फर्निचर तथा फर्निसिङ, अटोमोबाइल, मोटरपार्ट्स, जुत्ता चप्पल, टेलरिङ, पुस्तक तथा स्टेशनरी पसल, वर्कशप, निर्माण सामग्री लगायतका व्यापारिक पसल दैनिक १२ बजे देखि देखि साँझ ६:०० बजे सम्म सञ्चालन गर्न पाइने प्रजिअ लामिछानेले बताए ।

https://ujyaalonepalnews.com/archives/15529


