विदेश पठाउन भनेर पैसा लिएका रबिनले मान्छे पठाउन नसकेपछि ८ महिने छोरी मा’रेर श्रीमती सहित गरे आ’त्मह’त्या

0
46

झापा : गै’रकानूनीरुपमा गरिने वैदशिक रोजगारको धन्दा (एजेन्ट)को व्यवहार बि’ग्रिँदा झापामा सिंगो परिवारले नै आ’त्मह’त्याको बाटो रोजेर स’खाप भएको छ । वैदेशिक रोजगारको एजेन्टको धन्दामा संलग्न झापा कनकाई नगरपालिका–१ का रविन विश्वकर्माले वैदेशिक रोजगारमा पठाउने व्यवहार बि’ग्रेपछि आफ्नी २९ वर्षीय श्रीमती र ८ महिनाकी छोरीसहित झु’ण्डिएर आ’त्मह’त्या गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार म्यानपावर एजेन्ट विश्वकर्माले विदेश पठाइदिन्छु भनी स्थानीय र मोरङका धेरै जनासँग रकम लिएको तर विदेश पठाउन नसक्दा उत्पन्न तना’वका कारण उनले परिवारसहित आ’त्मह’त्या गरेको देखिएको बताए । ३४ वर्षीय रविन, उनकी श्रीमती २९ वर्षीया मुना विश्वकर्मा र ८ महिनाकी छोरी रुविना विश्वकर्माको श’व झ’ण्डिएको अवस्थामा देखिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घट’नाबारे थप अनुसन्धान भइरहेको भन्दै शिशुसहितको आ’त्मह’त्याको घ’टना ग’म्भीर अनुसन्धानको विषय भएको बताएको छ ।  आफै पनि वैदेशिक रोजगारीमा जाने योजनामा रहेका विश्वकर्मा काठमाडौं आई कोरोना भाइरसको पीसीआर गर्दा पोजेटिभ देखिएपछि विदेश जान नपाएर झापा फर्किएका थिए । फर्केपछि विदेश जान उनलाई रकम दिएकाहरुले तत्काल विदेश पठाइदिन वा रकम फिर्ता गर्न दबा’ब दिएका थिए ।

सोही द’बाबको त’नाव झेल्न नसकी विश्वकर्माले सपरिवार आ’त्मह’त्याको बाटो अंगालेको बताइएको छ । सरकारले करिब तीन वर्षअघि नै एजेन्टको प्रावधान हटाएपनि वैदेशिक रोजगारमा कामदार पठाउने काममा गो’प्यरुपमा लागेका हालपनि ठूलो संख्याका एजेन्टहरु क्रियाशील रहेको विश्वकर्माको आ’त्मह’त्या प्रकरणले देखाएको स्थानीय रमेश मैनालीले बताए ।

‘स्थानीय प्रशासनले पनि गै’रकानूनीरुपमा एजेन्ट काम गर्नेहरुलाई कारबाही गर्न सकिरहेको छैन’, उनले भने, ‘पछिल्ला दिनमा वैदेशिक रोजगार ठ’गीको मुद्दालाई व्यक्तिवादी ठ’गीको परिभाषाभित्र पारेका कारण गै’रकानूनीरपमा काम गर्ने एजेन्टहरुले वैदेशिक रोजगारका नाममा रकम र पासपोर्ट संकलन गर्दा वैदेशिक रोजगारमा जाने कामदारको लागत र अन्य खालका अनिश्चितता पनि बढाएको छ ।’ देवेन्द्र आलोक/मध्यान्ह 

https://www.ujyaalonepalnews.com/archives/15523

Previous articleरत्ननगर १६ को भद्रकाली डेरीमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न
Next articleपासपोर्ट नविकरण गर्न अनलाईन फारम भर्ने बारे नेपाली दुताबास रियादको सुचना