मलेशियामा ज्यान गुमाएका ९ जनाको शव र १७ जनाको अस्तु नेपाल ल्याईयो

रामचन्द्र नेपाल, काठमाण्डौ, दिनेश खड्का खप्तडि, क्वालालम्पुर मलेसिया,१९ भाद्र २०७८, शनिवार- मलेसियामा विभिन्न कारणले मृत्यु भएका ९ जनाको श’व र १७ जनाको अस्तु शनिवार विहान नेपाल ल्याईएको छ । अस्तु ल्याईएका मध्ये अधिकाश कोरोना सक्रमणवाट मृत्यु भएकाहरुको हो । नेपाल एयरलाइन्सको ४१६ को वाईडवडि विमानमार्फत शव र अस्तु ल्याएको थियो । यतिवेला त्रिभुवन विमानस्थलको दृश्य निकै भावुक छ । त्यहाँ पुग्ने जो कोहिका पनि आँखा रसाएका छन । मन भक्कानिएको छ ।

मलेसियामा उडान भरिहरेको अन्य एयरलाइन्सले श’व ल्याउदैनन । नेपाल एयरलाइन्सको वाईडवडि नियमितरुपमा मलेसिया नजाने भएकाले श’व लामो समयसम्म मलेसियामै रहने गरेको नेपाली दुतावास क्वालालम्पुर मलेसियाले जनाएको छ । आज सुनवल १ नवलपरासीका देउ वहादुर तामा ङ,लहान २३ सिराहाका स्वरुप सहनी,हथलवा डुवराकोट १ धनुषाका अकलेस मण्डल,निगालु ११ महोत्तरीका निल कमल कुमार चौधरी,धरमपुर ६ रौतहटका चन्द्रदेव राय यादवको श’व नेपाल ल्याईएको छ ।

यसैगरी धैजी २ मालाखेती कैलालीका गणेश खड्का,विदियानी ६ रौतहटका शेख जमुल्हादिन,मेचीनगर १ झापाका उपेन्द्रमुनी खवास र वैसाहि ७ लक्ष्मिपुर कन्चनपुरका शेर वहादुर शाहिको श’व नेपाल ल्याईएको छ । आज ल्याईएका अस्तुहरुमा वाग्लु ङका नेत्र वहादुर क्षेत्री,काभ्रेका नेत्र कुमार तामा ङ,कन्चनपुरका हर्ष वहादुर ऐर,मोरगका इच्छा वहादुर राई,झापाका खेमराज खत्रीको रहेको छ ।

यसैगरी तँनहुका देऊ कुमार गुरु ङ,नवलपरासीका कोष वहादुर थनाती,महोत्तरीका वलविन्दाम दास,सिन्धुलीका विशाल अधिकारी,रौतहटका नथुनी हजरा र सुर्खेतका टेक वहादुर विकको रहेको छ । त्यस्तै दा ङका पाले ओली,मोरगका मोहन श्रेष्ठ,तेह्रथुमका रुद्रमान तमा ङ,रामेछापका चन्द्र वहादुर राउत,तँनहुका भक्त वहादुर सुनुवार र पाल्पाका विनोद कुमार सार्कि रहेका छन ।

अगष्ट महिनामामात्रै मलेसियामा ११२ जना नेपालीको मलेसियामा मृत्यु भएको छ । मृत्यु भएका मध्ये ९६ जनाको कोरोना सक्रमणवाट मृत्यु भएको नेपाली दुतावास क्वालालम्पुरले जनाएको छ । हृदयघात , सवारी दुर्घटना , अत्याधिक मदिरा सेवन , शरीरमा जटिल रोग लगायतको कारण १६ जना नेपालीको मृत्यु भएको भएको दुतावासका द्धितिय सचिव तथा सूचना प्रमुख प्रतिक कार्कीले जानकारी दिए । उनले सवै मलेसियामा भएका सवै नेपालीलाई कोरोनाको खोप लगाउन अनुरोध गर्दे मलेसियन सरकारले जारी गरेको स्वास्थ मापदण्ड पालना गर्न अनुरोध गरेका छन । रास्ट्र डेली बाट साभार

https://ujyaalonepalnews.com/archives/15717

Previous articleसाथीले ग्यास्ट्रिकको औषधी भनेर पठाएको बट्टामा गाँजा भेटिएपछी लिएर कतार उड्न लागेका बुद्धिराज यसरी फसे
Next articleचितवनका दुई युवा पत्रकारलाई जोखिम पत्रकारिता पुरस्कार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।