नागरिकले ठूलो सास्ती खेप्नु परेपछि गृहमन्त्री लामिछानेले गरे राहदानी विभागको अनुगमन

0
108

काठमाण्डाै – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राहदानी विभागको अनुगमन गरेका छन् । राहदानी लिन सर्वसाधारण नागरिकले ठूलो सास्ती खेप्नुपरेको समाचार आइरहेका बेला गृहमन्त्री लामिछानेले विभागको अनुगमन गर्नुभएको हो । यसअघि मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानीलगायतका सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयका आधारमा मन्त्री लामिछानेले राहदानी विभागको अनुगमन गर्नुभएको गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिए । उनका अनुसार परराष्ट्रमन्त्री नियुक्त नभएकाले पनि प्राप्त जिम्मेवारीका आधारमा उहाँले हिजो राहदानी विभागको अनुगमन गरेर त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको हो ।

सत्ता गठबन्धनको बैठक बस्दै

मन्त्रिपरिषद विस्तारका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार आज बिहान ९ बजेबाट बैठक बस्नेछ । पुस ११ गते प्रधानमन्त्रीसहित माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी बाट ७ मन्त्रीले सपथ लिएका थिए ।

सरकारको मूल नीति र कार्यक्रम केलाई बनाएर जाने भन्नेबारे पनि आजको बैठकमा नेताहरूबीच विशेष छलफल हुने भएको छ । प्रचण्ड सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका थिए । राप्रपाले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ भने जसपा र नागरिक उन्मुक्तिले भने तत्काल सरकारमा सहभागी नहुने बताएका छन् ।

https://www.ujyaalonepalnews.com/archives/25547

Previous articleरत्ननगरमा स्वास्थ्य शिविर : २२१ जनाको स्वास्थ्य परीक्षण
Next articleआगमी तीन दिन अत्यधिक चिसो बढ्ने