जनजागृतीका ४० जना जेहेन्दार तथा विपन्न विद्धार्थीलाई शैक्षिक सामाग्री वितरण

जनजागृतीका ४० जना जेहेन्दार तथा विपन्न विद्धार्थीलाई शैक्षिक सामाग्री वितरण

निराजन घिमिरे, भदौ २९, चितवन- चितवनको रत्ननगर १४ पिठुवामा रहेको जनजागृती माध्यमिक विद्धालयका ४० जना  विपन्न तथा जेहेन्दार विद्धार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । लायन्स क्लब अफ चितवन राईनो सिटी र लियो क्लब अफ रत्ननगरले सयुक्त रुपमा बाल दिवसको अवसरमा आयोजित ‘शैक्षिक सामाग्री वितरण कार्यक्रम’ मा उक्त शिक्षिक सामाग्रीहरु वितरण गरेका हुन् ।

जनजागृती मा. वि. को नवनिर्मित सभाहलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै विद्धालयका प्रधानाध्यापक विनोद प्रसाद अधिकारीले शैक्षिक सामाग्री वितरण जस्तो महान कार्यमा आफ्नो विद्धालयलाई छनोट गरेर जेहेन्दार विद्धार्थीहरुको अझ मनोबल बढाउन सहयोग गर्नुभएकोमा आयोजक क्लबहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । त्यस्तै विद्धालय व्यवस्थापन समितिका अध्यक्ष रत्न बहादुर मिश्रले ” मनै देखि ‘ गरिएको यो सहयोगको मुक्त कण्ठले प्रसंशा गर्नुभयो ।

सम्बोधनका क्रममा कार्यक्रमका सभाध्यक्ष तथा लायन्स क्लब अफ चितवन राईनो सिटीका पुर्व अध्यक्ष, डिस्ट्रिक डिपार्टमेन्ट चिफ उमेश गिरीले क्लबको वार्षिक क्यालेण्डरमा तय गरिएको कार्यक्रमा अनुसार नै आजको कार्यक्रम आयोजना गरिएको जानकारी दिंदै लायन्स क्लबले भविष्यमा पनि यस्तै कार्यक्रमहरुको निरन्तरतामा जोड दिने बताउनु भयो ।

कार्यक्रममा लायन्स क्लब अफ पिठुवा चितवनका अध्यक्ष विष्णुप्रसाद अधिकारी, जनजागृती मा. वि का सहायक प्र.अ रामहरी भण्डारी, अर्का सहायक प्र. अ आत्माराम लम्साल, लायन्स क्लब अफ चितवन राईनो सिटीका कोषाध्यक्ष हरि सेढाई, जनजागृती मा.वि का शिक्षक  तथा विषय बिभागका प्रमुख रोहिणी न्यौपाने लगायत अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको अन्त्यमा क्लबहरुको सहयोगको लागी धन्यवाद ज्ञापन गर्दै विद्धालय व्यवस्थापन अध्यक्ष रत्न बहादुर मिश्रले क्लबलाई प्रशंसापत्र हस्तानान्तरण गर्नुभएको थियो।

यो पनि पढ्नुहोस्: जनजागृती मा.वि को पूर्वाधार विकासमा पुर्व विद्धार्थीको आर्थिक सहयोग

 

 

https://ujyaalonepalnews.com/archives/15816

Previous articleटिकौली देखि तरकारीचोक सम्म १४ ठाउँमा सिसि क्यामेरा जडान; मेयरले गरे उद्घाटन
Next articleमलेशियन केटीको कारण भोली मेरो तामिल संग फा;ईट पर्छ, मलाई मलाई मा’र्छ भनेका दिनेश भोलीपल्ट मृ’त भेटिए
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।