टिकौली देखि तरकारीचोक सम्म १४ ठाउँमा सिसि क्यामेरा जडान; मेयरले गरे उद्घाटन

गीता पंगेनी, चितवन- चितवनको रत्ननगर नगरपालिकाको मुख्य बजार र चोकहरूमा सिसी क्यामेरा जडान गरिएको छ। रत्ननगरलाई अपराध रहित, शान्ति र सुव्यवस्थित बनाउन नगरको मुख्य बजार र चौकहरूमा सिसि क्यामेरा जडान गरिएको हो । ईलाका प्रहरी कार्यालय टाँडीमा आज (सोमबार) आयोजित एक कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले सिसिटिभी मोनिटरिङ रुमको उद्घाटन गर्नुभएको हो ।

रत्ननगर नगरपालिकाको १४ वटा र पब्लिक प्राईभेट साझेदारी (पिपिपि) मोडल अन्तर्गत रत्नान्नागरका ब्यवसायीको सहयोगमा ८ वटा गरि करिब २३ लाखको लगानिमा रत्ननगरको टिकौली देखि तरकारी चोक सम्मको क्षेत्रलाई कभरेज गर्ने गरि टिकौली जंगल नजिकै ( पेट्रोल पम्प नजिकै), सिंचाई गेट, भानु चोक, निपनी चोक, बकुलहर चोक, ईलाका प्रहरी कार्यालय छिर्ने चोक, सौराहा चोक, टाँडी चोक, विद्धुत चोक, शान्ती चोक, बेलसी पुल र तरकारी चोकमा सिसि क्यामेरा जडान गरिएको हो ।

आयोजित कार्यक्रममा स्वागत मन्तव्य राख्दै ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले रत्ननगरका प्रहरीले प्रयोग गर्दै आएका भौतिक संरचना मध्य आधा भन्दा धेरै भौतिक संरचना यँहाका स्थानीय निकाय र  स्थानियहरुको श्रम र सहयोगमा निर्माण भएको ईतिहास रहेको बताउनुभयो । यँहाका स्थानीय जनप्रतिनिधीहरु प्रहरी प्रति अत्यन्तै सकारात्मक भएकै कारण र स्थानिय जनताहरुको सुरक्षाको सवालमा संवेदनशील भएकै कारण सिसिटिभी जडान कार्यले सार्थकता पाएको उँहाको भनाई छ ।

यहि भदौ बाट संचालनमा आएको सिसि क्यामेराकै सहयोगमा रत्ननगरमा भएका दुई वटा ‘हिट एण्ड रन’ का घटना र एउटा चोरीको घटना सफल अनुसन्धान गर्न सकिएको प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो । आफु रत्ननगरमा सरुवा भएर आएको छ महिनामा आफुले नदिजन्य पदार्थ दोहनमा प्रयोग भएका जेसिभी, ट्रीपर, ट्रयाक्टरहरु गरि ९० ओटा सवारीसाधनलाई कारबाही गरि आठ लाख उनान्साठी हजार रुपैयाँ जरिवाना गरिएको रानाले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विशिस्ट अतिथिको रुपमा उपस्थित हुनुभएकी रत्ननगर उप-प्रमुख बिमला दुवाडीले रत्ननगरमा सिसि क्यामेरा जडानगर्ने आफ्नो सपनाले सार्थकता पाएकोमा खुसी व्यक्त गर्दै सिसि क्यामेराको सहयोगले रत्ननगरको बजार क्षेत्रमा हुने आपराधिक गतिविधि र सवारी दुर्घटनामा कमि आउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले रत्ननगरमा पहिले देखिनै सिसी क्यामरा राख्ने आफुहरुको लक्ष्य बल्ल आएर सो लक्ष्य पुरा भएको बताउनुभयो ।

पहिलो चरणमा रत्ननगर नगरपालिका क्षेत्रमा नगरपालिकाले १४ वटा सिसी क्यामरा सहयोग गरेको भएपनि दोस्रो चरणमा भुत्याहा देखि बद्रेनी सम्म सिसी क्यामरा जडान गर्ने लक्ष्य रहेको उँहाको भनाई छ । नदिजन्य पदार्थको दोहोन अहिले रत्ननगरको मुख्य समस्याको रुपमा रहेको बताउदै त्यसलाई ब्यवस्थित बनाउन चाँडैनै खोला नालाको टेण्डर आह्वान गर्ने पनि उंहाले बताउनुभयो । आफुहरु सधै प्रहरीलाई स्सहयोग गर्न तयार रहेको बताउंदै नगर प्रमुख बनले आफुहरुले भर्खरै मात्र पर्यटन प्रहरीको लागी २ कठ्ठा जमिन उपलब्ध गराएको जानकारी दिनुभयो ।

कार्यक्रमका सभाध्यक्ष रहनुभएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले सिसी क्यामेरा जडानसँगै मुख्य सहरी क्षेत्रमा हुने अपराध नियन्त्रणमा प्रहरीलाई सहज हुने बताए। उनले भने, “सिसी क्यामेराले मुख्य दोषी छुट्याउन सहज बन्ने छ।” सिसि क्यामेराले तथ्य बोल्ने भन्दै यसले अदालतमा समेत साक्षीको भूमिका खल्ने अधिकारीको भनाई छ ।

 

 

https://ujyaalonepalnews.com/archives/15808

Previous articleकाम गर्न मलेशिया र कतार गए पनि एक वर्षमै फर्किएर आ’वारा बनेर हिंडेका थिए ह’त्यारा
Next articleजनजागृतीका ४० जना जेहेन्दार तथा विपन्न विद्धार्थीलाई शैक्षिक सामाग्री वितरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।