काठमाडौं : वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका एक नेपाली कामदारको मोटरसाइकल दुर्घ’टनामा परी मृ’त्यु भएको छ । आइतबार बिहान करिब ४ बजेको समयमा सल्यानका गोविन्द खनालको मोटरसाइकल दुर्घ’टनामा परि घट’नास्थलमै ठाउँको ठाउँ मृ’त्यु भएको हो । उनी अवै’धानिक हैसियतमा कार्यरत रहेको सहकर्मीहरूले बताएका छन् ।
बिदा सकाएर चाडैं नै घर फर्किने तयारीमा रहेका खनालले त्यसको खुसीयालीमा शनिबार साथीहरुसँग खानपिन गरेर बिदा भएका थिए । अत्या’धिक गतिका कारण मोटरसाइकल दु’र्घटना भएको र मोटरसाइकलको पछाडिको सिटमा बसेका देवबहादुर मगर गम्भीर घा’इते भएको जनाइएको छ । मोटरसाइकल कसको थियो र बिहान् बिहान् कहाँ जादै थियो भन्ने बारे उनका साथीहरु पनि अनबिज्ञ रहेको छ।
मृ’तक खनालको शव पो’स्टमार्टमको लागी स्थानीय अस्पतालमा राखिएको र घा’इते मगरको उपचार साहआलमा रहेको एक स्थानीय अस्पतालमा भैइरहेको जनाइएको छ । मलेसियामा नेपाली कामदारको मृ’त्यु बढिरहेको छ । त्यहाँबाट शनिबार एकैदिन २१ जना नेपाली कामदारको श’व अस्तु आएको थियोे ।
त्यसमा ६ जनाको श’व र १५ जनाको अस्तु रहेको थियोे । वैदेशिक रोजगारीका क्रममा उनीहरूको विभिन्न कारण मृ’त्यु भएको हो । परिवारको अनुमतिमा नेपालीको श’व मलेसियामा नै अ’न्तेष्टि गरी अस्तु नेपाल ल्याउने गरिएको छ ।
https://ujyaalonepalnews.com/archives/15872


