कोरोना संक्रमण ह्वात्तै बढेपछी विमानस्थलले जारी गर्यो यस्तो सुचना

काठमाडौँ- कोरोना संक्रमण बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सर्वसाधारणलाई विमानस्थलमा स्वागत र बिदाइमा नआउन अनुरोध गरेको छ । यसअघि पनि कार्यालयले स्वागत र बिदाइमा विमानस्थलमा नआउन आह्वान गरिरहेको छ । तर, मानिसहरुको भिडभाड नघटेपछि कार्यालयले फेरि पनि यस्तो आह्वान गरेको हो ।

कार्यालयले हवाई यात्राका दौरान समेत आवशयक मापदण्ड पालना गर्न सरोकारवालालाई आग्रह गरेको छ । नेपाल र छिमेकी मुलुकमा समेत कोरोना फैलिएको भन्दै यसबाट बच्न मापदण्ड पालना गर्न भनिएको हो । साथै विमानस्थलले भिजिटर पास वितरण बन्द गरेको छ । अति नै जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भएको कार्यालयले जनाएको छ ।

यस्तो छ विमानस्थल कार्यालयले जारी गरेको सूचना 

कोभिड १९ को जोखिम न्युनिकरणको लागि विमानस्थलमा अनावश्यक भिडभाड नगर्न र स्वास्थ्य सतर्कता अपनाउन अनुरोध

यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्र आवागमनको चाप र विमानस्थलमा स्थान सिमितताको कारण अति जरुरी बाहेक स्वागत तथा विदाई गर्नका लागि मात्र विमानस्थल नआई दिन यस कार्यालयबाट पटक पटक विभिन्न सञ्चार माध्यम मार्फत सार्वजनिक अपिल गर्दा समेत विमानस्थल आउने आफन्तजनको संख्यामा कमी भएको छैन ।

कोभिड १९ का विभिन्न भेरिएन्ट उत्परिवर्तन भैरहेको र हालै नयाँ भेरिएन्ट ओमिक्रोन सहित छिमेकी मुलुकहरुमा कोभिड १९ तीव्र रुपमा फैलिरहेको सन्दर्भ तथा यसको प्रभाव नेपालमा पनि देखिईरहेको अवस्थालाई दृष्टिगत गरी कोभिडको नयाँ भेरिएन्टको संक्रमण समेतबाट आफु बच्न तथा अरुलाई बचाउन विमानस्थलमा अनावश्यक भिडभाड नगरिदिन हुनका साथै हवाई यात्रा गर्दा अपनाउनु पर्ने स्वास्थ्य सम्वन्धी सम्पूर्ण मापदण्डहरुको परिपालना गरि गराई मात्र दैनिक हवाई सेवा सुचारु गर्नु गराउनु हुन सम्बद्ध सबै सरोकारवालाहरु संग विशेष अनुरोध गरिन्छ । कोभिड १९ को जोखिम समेतलाई दृष्टिगत गरी विमानस्थल कार्यालयबाट अति नै जरुरी अवस्थामा बाहेक V Pass उपलब्ध नगराईने व्यहोरा समेत सम्वन्धित सबैको जानकारीको लागि अनुरोध छ।

 

 

 

 

मिति : २०७८।०९।२६

https://ujyaalonepalnews.com/archives/17163

Previous articleमाधव नेपाललाई काेराेना सङ्क्रमण
Next articleमहिलाको पक्षमा साउदी अरबको ऐतिहासिक निर्णय, महिलाहरुको रुप देख्दा दुनियाँ चकित (तस्वीरहरु)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।