उज्यालो नेपाल, चितवन । नेपाली कांग्रेस १४ औं महाधिवेसन अन्तर्गत चितवनको रत्ननगरमा भएको नगर कमिटिको निर्वाचनको मतगणना शुरु भएको छ । जारी मतगणनामा सभापति पदको लागी प्रल्हाद सापकोटा र रुपनराज घिमिरे बीच कडा प्रतिस्पर्धा रहेको छ । आज आइतबार बिहान ८:०० बजे बाट निर्वाचन सुरु गरिने बताईएपनि करिब १० बजेबाट मात्र सुरु भएको निर्वाचन केही बेर अगाडी सकिएको थियो ।
नगर सभापतिको लागि घिमिरे र सापकोटाले प्यानलनै बनाएर मैदानमा उत्रिएका छन् । दुई कार्यकाल सभापती चलाईसकेका घिमिरेले तेश्रो पटकको लागी उम्मेद्वारी दिएका थिए ! कुल ४२५ जना मतदाता रहेको रत्ननगरमा कसले सभापतिमा बाजी मार्ला भनेर सबैको चासोको बिषय पनि बनेको छ । अहिले मतगणना जारी छ ।

हालसम्मको मतगणनाको नतिजा यस्तो छ
नेपाली कांग्रेस रत्ननगर अपडेट:
सभापति उम्मेदवार :
प्रल्हाद सापकोटाः ५७
रुपनराज घिमिरेः ४२
https://ujyaalonepalnews.com/archives/15961


