युएईमा साईबर अप’राध, फेक न्युज सम्बन्धी नयाँ कानुन: जनवरी २०२२ देखि लागु हुने

युएईमा साईबर अपराध, फेक न्युज सम्बन्धी नयाँ कानुन: जनवरी २०२२ देखि लागु हुने

उज्यालो नेपाल, २८ नोभेम्बर- युएईमा साईबर अप’राध र फेक न्युज सम्बधी नयाँ कानुन लागु हुने भएको छ । युएईको सरकारी मिडिया कार्यालयले शनिबार जनाए अनुसार उक्त कानुन  आउँदो २ जनवरी २०२२ देखि लागु हुनेछ । प्रविधिको द्रुत विकास संगै बढेका साइबर अपरा’धहरुलाई नियन्त्रण गर्न यो कानुन निकै महत्वपुर्ण हुने युएईका अधिकारीहरुले बताएका छन् ।

युएईका राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानले आर्थिक, लगानी र व्यावसायिक अवसरहरूलाई सुदृढ पार्ने उद्देश्यले देशको कानुनी प्रणालीमा व्यापक सुधारलाई अनुमोदन गरेका हुन् । साइबर कानुन संगै अन्य ४० ओटा कानुनमा एकैपटक व्यापक सुधार गरिएको छ । युएईको ईतिहासमा ५० वर्ष पछि एकैपटक यति धेरै कानुनहरु संसोधन गरिएको हो ।

संसोधित साइबर-अप’राध कानूनले ईन्टरनेट र सूचना प्रविधि प्लेटफर्महरूको प्रयोग मार्फत गरिएका अनलाइन अपरा’धहरूबाट समुदायको सुरक्षा बढाउने लक्ष्य राखेको छ। २ जनवरीबाट लागु हुने कानूनहरूले सार्वजनिक क्षेत्रका वेबसाइटहरू र डाटाबेसहरूलाई अझ राम्रोसँग सुरक्षित गर्न र अफ’वाहहरू र ‘फेक न्यूज’ फैलाउने, इलेक्ट्रोनिक जाल’साजी विरुद्धको सुरक्षा र व्यक्तिगत गोप’नीयता र अधिकारहरूको संरक्षण गर्ने आशा गरिएको छ ।

संसोधित नयाँ कानुनले कुन कुन क्षेत्र समेट्छ ? 

  • नयाँ कानूनले क्रिप्टो- करेन्सी, बिना अनुमती उत्पादन र वितरण हुने चिकित्सा उत्पादनहरू र अनलाईनमा गरिने झू’टा विज्ञापन वा प्रचारहरूलाई सम्बोधन गर्दछ।
  • नयाँ कानूनमा झु’टा समाचार र भ्रामक जानकारीसँग सम्बन्धित प्रावधानहरू छन्, जस्तै: अनलाइन उपकरणहरू, नेटवर्कहरू र प्लेटफर्महरू प्रयोग गरी झू’टा र भ्रा’मक सूचनाहरू, आधिकारिक स्रोतहरूबाट उत्पन्न हुने भनी वा झूटा रिपोर्टहरू प्रसारण, प्रकाशन, पुन: प्रकाशन गर्न।
  • नयाँ कानूनले अदालतहरूलाई त्यस्तो जानकारी मेटाउनको अतिरिक्त अप’राधको खोजीमा प्रयोग गरिएका उपकरणहरू, सफ्टवेयर, सामग्री वा अन्य माध्यमहरू जफत गर्ने अधिकार दिन्छ।

https://ujyaalonepalnews.com/archives/16460

Previous articleदुबई बाट उड्ने बेला अर्काले दिएको कट्टु लगाउँदा यसरी फ’से सिताराम
Next articleमुजुरा डान्स गर्नको लागी १२ जना नेपाली महिला विदेश पुराउने मानव तस्करलाई ३० वर्षको जेल सजाय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।