युएईमा साईबर अपराध, फेक न्युज सम्बन्धी नयाँ कानुन: जनवरी २०२२ देखि लागु हुने
उज्यालो नेपाल, २८ नोभेम्बर- युएईमा साईबर अप’राध र फेक न्युज सम्बधी नयाँ कानुन लागु हुने भएको छ । युएईको सरकारी मिडिया कार्यालयले शनिबार जनाए अनुसार उक्त कानुन आउँदो २ जनवरी २०२२ देखि लागु हुनेछ । प्रविधिको द्रुत विकास संगै बढेका साइबर अपरा’धहरुलाई नियन्त्रण गर्न यो कानुन निकै महत्वपुर्ण हुने युएईका अधिकारीहरुले बताएका छन् ।
युएईका राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानले आर्थिक, लगानी र व्यावसायिक अवसरहरूलाई सुदृढ पार्ने उद्देश्यले देशको कानुनी प्रणालीमा व्यापक सुधारलाई अनुमोदन गरेका हुन् । साइबर कानुन संगै अन्य ४० ओटा कानुनमा एकैपटक व्यापक सुधार गरिएको छ । युएईको ईतिहासमा ५० वर्ष पछि एकैपटक यति धेरै कानुनहरु संसोधन गरिएको हो ।
संसोधित साइबर-अप’राध कानूनले ईन्टरनेट र सूचना प्रविधि प्लेटफर्महरूको प्रयोग मार्फत गरिएका अनलाइन अपरा’धहरूबाट समुदायको सुरक्षा बढाउने लक्ष्य राखेको छ। २ जनवरीबाट लागु हुने कानूनहरूले सार्वजनिक क्षेत्रका वेबसाइटहरू र डाटाबेसहरूलाई अझ राम्रोसँग सुरक्षित गर्न र अफ’वाहहरू र ‘फेक न्यूज’ फैलाउने, इलेक्ट्रोनिक जाल’साजी विरुद्धको सुरक्षा र व्यक्तिगत गोप’नीयता र अधिकारहरूको संरक्षण गर्ने आशा गरिएको छ ।
संसोधित नयाँ कानुनले कुन कुन क्षेत्र समेट्छ ?
- नयाँ कानूनले क्रिप्टो- करेन्सी, बिना अनुमती उत्पादन र वितरण हुने चिकित्सा उत्पादनहरू र अनलाईनमा गरिने झू’टा विज्ञापन वा प्रचारहरूलाई सम्बोधन गर्दछ।
- नयाँ कानूनमा झु’टा समाचार र भ्रामक जानकारीसँग सम्बन्धित प्रावधानहरू छन्, जस्तै: अनलाइन उपकरणहरू, नेटवर्कहरू र प्लेटफर्महरू प्रयोग गरी झू’टा र भ्रा’मक सूचनाहरू, आधिकारिक स्रोतहरूबाट उत्पन्न हुने भनी वा झूटा रिपोर्टहरू प्रसारण, प्रकाशन, पुन: प्रकाशन गर्न।
- नयाँ कानूनले अदालतहरूलाई त्यस्तो जानकारी मेटाउनको अतिरिक्त अप’राधको खोजीमा प्रयोग गरिएका उपकरणहरू, सफ्टवेयर, सामग्री वा अन्य माध्यमहरू जफत गर्ने अधिकार दिन्छ।
https://ujyaalonepalnews.com/archives/16460


