रोनाल्डोको ट्वीट फिगोले नक्कल गरेको आरोप

पोर्चुगलकै अर्का स्टार क्रिस्टियानो रोनाल्डो फिगोलाई आफ्नो खेल जीवनको एक प्रेरणाको स्रोतको रुपमा लिन्छन्।

आइतबार राति बास्केटबलका स्टार खेलाडी कोबी ब्रायन्टको हेलिकप्टर दुर्घटनामा परी निधन भयो। त्यसपछि रोनाल्डोले कोबीको सम्झनामा एक ट्वीट लेखेका थिए।

रोनाल्डोले ट्वीट गरेको केही समयमै फिगोले पनि एक ट्वीट गरे। तर त्यो ट्वीट रोनाल्डोको ट्वीटसँग मिल्दो जुल्दो छ।

भाषा, शब्द सबै मिलेपछि यतिबेला ट्वीटरमा फिगोले रोनाल्डोको ट्वीटको नक्कल गरेको भनेर फिगोको आलोचना भइरहेको छ। केही ट्वीटर प्रयोगकर्ताले फिगोलाई लाज लाग्नु पर्नेहो भनिरहेका छन्।

केहीले फिगोको बचाउ गर्दै फिगोका सहयोगीले उक्त ट्वीट गरेको हुनसक्ने बताएका छन्।

चौथो दिदीबहिनी कपः एपीएफ सेमिफाइनलमा

Previous articleवीरेन्द्रनगर दंगाग्रस्त क्षेत्र घोषणा
Next articleजावलाखेल युथलाई हराउँदै आर्मी लिगको शीर्षस्थानमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।