चौथो दिदीबहिनी कपः एपीएफ सेमिफाइनलमा

चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबले विजयी सुरुवात गरेका छन्।

१३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा एपीएफ पहिलो जितमा नै समूह ए बाट बिजेताको रुपमा सेमिफाइनलमा पुगेको हो।

पर्वतमा भएको उद्घाटन खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबमाथी ३–२ को कठिन जित निकाल्यो। एपीएफले आर्मीमाथि २१–२५, २५–१७, १९–२५, २५–९ र १५–१० ले स्तब्ध बनायो। आजको खेल गुमाएपनि आर्मी उपबिजेताको रुपमा समूह ए बाट सेमिफाईनलमा स्थान बनाएको छ।

आजै भएको अर्को खेलमा पुलिसले न्यु डायमण्डलाई २५–२२, २५–२१ र २५–१७ को सोझो सेटमा हराएको छ। पुलिससँग पराजय भएको होङग्वान्जी न्यु डायमण्डले पहिलो खेलमा आयोजक दिदिबहिनीमाथी २५–३, २५–२ र २५–६ ले हराएको थियो।

आयोजकको टोलीले बिहिवार पुलिस क्लवसँग खेल्नेछ। बिहीवार नै दुवै सेमिफाईनलका खेलहरु हुनेछन्। प्रतियोगिताको विजेताले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ। तेस्रो हुनेले ५० हजार रुपैयाँ पाउनेछन्।

माधवपुर माविले मनायो ५६ औं वार्षिकोत्सव

Previous articleअधूरो कामले जोरपाटीबासी फेरि निराश (भिडियो)
Next articleकेपी ओलीविरुद्ध बोल्दै यी कम्युनिस्ट मुख्यमन्त्रीले सोधे – राणा शासनतिर फर्किएको हो ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।