माघ ७ देखि हवाई उडानमा खोप कार्ड अनिवार्य

माघ ७ देखि हवाई उडानमा खोप कार्ड अनिवार्य

२५ पुस, काठमाडौं । सरकारले आन्तरिक हवाई उडानमा यात्रा गर्न अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले माघ ७ गतेदेखि आन्तरिक हवाई उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

त्यस्तै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भीडभाड कम हुने गरी उडान तालिका मिलाउन सीसीएमसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ । नेपालमा कोरोना संक्रमण पुन: बढ्न थालेपछि सरकारले सार्वजनिक स्थलमा भेला हुन र यात्रामा प्रतिबन्धात्मक व्यवस्थाहरु गरेको हो ।

होटल र सिनेमा हल छिर्दा अब खोप कार्ड अनिवार्य

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले अब होटल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले होटल छिर्दा अब खोप कार्ड अनिवार्य निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।

उनका अनुसार सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको खोप कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्‍ने र ती निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्‍यवस्था मिलाउने गरी यही माघ ३ गतेदेखि लागू गर्ने निर्णय भएको छ ।

https://ujyaalonepalnews.com/archives/17134

Previous articleएकिकृत कृषक बचत तथा ऋण सहकारीको दशौँ साधारणसभा तथा चौथो अधिवेसन सम्पन्न
Next articleचितवनको खैरहनीमा अन्तरविद्यालय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।