चितवनको खैरहनीमा अन्तरविद्यालय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

निराजन घिमिरे, पौष २५  चितवन- चितवनको खैरहनी नगरपालिकाको आयोजनामा अन्तर विद्धालय हाजिरीजवाफ प्रतियोगिता आज आइतबार सम्पन्न भएको छ । खैरहनी नगरपालिका कार्यालयको सभाहलमा सम्पन्न प्रतियोगितामा खैरहनी नगरपालिकामा रहेका कठार मा.बि, कंकाली मा.बि, जनजीवन मा.बि, मा.वि गवै, कपिया मा.वि, ग्लो साईन एकेडेमी, सैनिक आवाशिय महाविद्यालय, ईन्टरनेसनल ईंग्लिश मोर्डन सेकेण्डरी स्कुल, ओसियन एकेडेमी र खैरहनी मा.वि गरि दश  विद्धालयका माध्यमिक तहका विद्धार्थीहरुले सहभागीता जनाएका थिए ।

प्रतियोगितामा ईन्टरनेसनल ईंग्लिश मोर्डन सेकेण्डरी स्कुल प्रथम, ग्लोसाईन एकेडेमी द्दितीय र खैरहनी मा.वि  तृतीय भएका छन् । त्यस्तै ओसियन एकेडेमी र सैनिक आवासिय महाविद्यालयलाई सान्तवना पुरस्कार वितरण गरिएको छ । विजयी टिमहरुलाई कप, प्रमाणपत्र, मेडल र नगद पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रमको पुरस्कार वितरण सत्रमा बोल्दै प्रमुख अतिथि समेत रहेका नगरप्रमुख लालमणि चौधरीले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको क्षमतामा वृद्वि हुने बताउनुभयो । यस्ता कार्यक्रमले विद्धार्थिको ज्ञानमा वृद्धि र बोल्न सक्ने बानीको विकास हुने उँहाको भनाई छ । त्यस्तै चौधरीले हाजिरीजवाफ प्रतियोगितामा भाग लिने विद्धार्थीहरुलाई भविष्यमा लोकसेवा आयोग, शिक्षा सेवा आयोग लगायतका परीक्षाहरूमा सहज हुने बताउनुभयो ।

त्यस्तै कार्यक्रमको अध्यक्षता गरिरहनुभएका खैरहनी नगरपालिकाका नगर शिक्षा प्रमुख राजु बानियाँले विद्यार्थीमा किताबी ज्ञान मात्र नभई बाहिरी ज्ञान पनि हुनु आवश्यक भएको बताउनुभयो । कार्यक्रमको पुरस्कार वितरण सत्र नगरपालिकाका शाखा अधिकृत रमेश पौडेलले संचालन गर्नुभएको थियो भने प्रतियोगिताको संचालन चितवनकै चर्चित संचारकर्मी तथा पत्रकार मनोज पन्तले गर्नुभएको थियो । त्यस्तै कार्यक्रमको संयोजकको रुपमा शिक्षा शाखा कि आरती सुवेदी रहनुभएको थियो भने कार्यक्रमलाई सहजीकरण प्रशासकिय अधिकृत नविनराज रुवालीले गर्नु सम्पन्न भएको थियो ।

https://ujyaalonepalnews.com/archives/17136

Previous articleमाघ ७ देखि हवाई उडानमा खोप कार्ड अनिवार्य
Next articleचितवनका सबै मेलामहोत्सव बन्द हुने; अरु के के निर्णय भए विस्तृतमा पढ्नुहोस्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।