वैशाख १ गतेदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने,विदेश यात्राका लागि काठमाण्डौ जाने समस्या हट्ने

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी २०७९ साल वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताउनुभएको छ ।

आज शनिबार विमानस्थलको अनुगमन तथा निरीक्षणका लागि भैरहवा पुग्नु भएका मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई सहज हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने तयारीमा छौँ, अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई हसज हुने छ ।”

यसैगरी मन्त्री आलेले भारतसँग सिधा रुट अनुमती लिनका लागि लिमा ६२६ का विषयमा पहल भइरहेको जानकारी पनि दिनुभयो । केही महिना पहिले आफू भारत भ्रमणका गएको

समयमा त्यहाँका नागरिक उड्डयनमन्त्रीसँग आफूले रुट अनुमतीका विषयमा कुरा गरेको र त्यस विषयमा नागरिक उड्डयनमन्त्री सकारात्मक देखिनु भएकाले याे समस्या चाँडै समाधान हुने मन्त्री आलेले जानकारी दिनुभयो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल देशको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भएकाले यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भए काठमाण्डौको एअर-ट्राफिकको समस्या पनि समाधान हुने बताउनुभयो ।

“भैरहवा नजिकै शान्ति दुत गौतमबुद्ध जन्मिनु भएको स्थल लुम्बीनी पनि भएकाले यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भए हजारौँ बुद्धिष्ट तथा लाखौँ पर्यटकहरु भित्रिन सक्ने सम्भावना छ”,

मन्त्री आलेले भन्नुभयाे, “त्यसका लागि यो विमानस्थल सञ्चालनमा आउनु जरुरी छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरु भए यहाँका नागरिकले विदेश यात्राका लागि काठमाण्डौ जाने समस्या पनि समाधान हुनेछ ।” उज्यालो अनलाइन मा समाचार छ

https://ujyaalonepalnews.com/archives/17617

Previous articleगठबन्धन सरकारको अर्को उपहार; पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो
Next articleछ वर्षिया बालिकालाई करणी गरेको अभियोगमा चितवनमा एकजना पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।