Home Uncategorized छ वर्षिया बालिकालाई करणी गरेको अभियोगमा चितवनमा एकजना पक्राउ

छ वर्षिया बालिकालाई करणी गरेको अभियोगमा चितवनमा एकजना पक्राउ

चितवन, ८ फागुन । ६ वर्षिया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भरतपुर महानगरपालिकाका सव इञ्जिनियर जीवन पौडेल पक्राउ परेका छन् । प्रहरीले उनलाई हिजो शनिबार पक्राउ गरेको हो ।

भरतपुर महानगरपालिका वडा नं. २ आँपटारी बस्ने ३६ वर्षिय पौडेललाई सोही ठाउँमा डेरा गरी बस्ने ६ वर्षिया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले बताउनुभयो । पौडेललाई जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयो । नाबालिकाकी आमाले आज जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी निवेदन दिनु भएको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले पौडेल भरतपुर महानगरपालिका अन्तर्गत वडा नं. २९ मा सवइञ्जिनियर पदमा कार्यरत रहेको जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/17619

Previous articleवैशाख १ गतेदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने,विदेश यात्राका लागि काठमाण्डौ जाने समस्या हट्ने
Next articleमोहनाको मिलिजुली सामुदायिक वनको अध्यक्षमा मेघनाथ पौडेल निर्वाचित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।