छ वर्षिया बालिकालाई करणी गरेको अभियोगमा चितवनमा एकजना पक्राउ

0
66

चितवन, ८ फागुन । ६ वर्षिया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भरतपुर महानगरपालिकाका सव इञ्जिनियर जीवन पौडेल पक्राउ परेका छन् । प्रहरीले उनलाई हिजो शनिबार पक्राउ गरेको हो ।

भरतपुर महानगरपालिका वडा नं. २ आँपटारी बस्ने ३६ वर्षिय पौडेललाई सोही ठाउँमा डेरा गरी बस्ने ६ वर्षिया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले बताउनुभयो । पौडेललाई जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयो । नाबालिकाकी आमाले आज जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी निवेदन दिनु भएको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले पौडेल भरतपुर महानगरपालिका अन्तर्गत वडा नं. २९ मा सवइञ्जिनियर पदमा कार्यरत रहेको जानकारी दिनुभयो ।

https://www.ujyaalonepalnews.com/archives/17619

Previous articleपर्सामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायद्वारा आवश्यक तयारी
Next articleमोहनाको मिलिजुली सामुदायिक वनको अध्यक्षमा मेघनाथ पौडेल निर्वाचित