कालिकाका वडाध्यक्ष टीका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा २ जना पक्राउ

२८, फागुन, चितवन । चितवनको कालिका नगरपालिका वडानम्बर ३ का वडाध्यक्ष टीका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय टाँडीका अनुसार वडाध्यक्ष रिजाललाई दुर्व्यवहार गरेको आरोपमा भण्डाराका गुणराज श्रेष्ठ र अर्का एकजनालाई पक्राउ गरिएको हो ।

यही फागुन २३ गते वडा कार्यालयमा सेवाग्राहीसँग बसिरहेका बेला वडाध्यक्ष रिजालमाथि ६/७ जना रहेको समूहले दुर्व्यवहार गरेको थियो ।

पक्राउ परेकाहरू विप्लव नेतृत्वको नेकपा छोडेका र विप्लवको नामबाट धम्काउने गिरोहका सदस्य भएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । उनीहरूको समूहका अन्य व्यक्तिलाई पनि चाँडै नै पक्राउ गरिने प्रहरीले जनाएको छ ।

वडाध्यक्षलाई दुर्व्यवहार गरेको विरोधमा कालिका नगरपालिकाले फागुन २५ गते एक दिन सेवासमेत बन्द गरेको थियो ।

https://ujyaalonepalnews.com/archives/17768

Previous articleअखिल नेपाल महिला संघ रत्ननगरको अध्यक्षमा विरञ्जना घिमिरे सापकोटा
Next articleविभिन्न पार्टी परित्याग गरि रत्ननगर १६ का ५७ जना कांग्रेस प्रवेश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।