विभिन्न पार्टी परित्याग गरि रत्ननगर १६ का ५७ जना कांग्रेस प्रवेश

फाल्गुन २८, रत्ननगर- रत्ननगर नगरपालिका वडा नं. १६ का विभिन्न दलका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । रत्ननगरकै टिकौली चौरमा शनिबार आयोजित वृहत कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा प्रमुख अतिथि रहेका कांग्रेस महामन्त्री गगन थापाले विभिन्न दलका ५७ जनालाई टिका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

कार्यक्रममा नेकपा समाजवादीका युवा नेता प्रदिप खनालसहित एमाले, माओवादी परित्याग गरी करिब २०० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस रत्ननगर नगर समितिले टिकौलीचौरमा कार्यकर्ता भेटघाट तथा तथा वनभोज कार्यक्रमको आयोजना गरेको हो ।

कांग्रेस चितवनको १४औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रममा सहभागी हुन कांग्रेस महामन्त्री थापा चितवन आएको मौका छोपेर कार्यक्रम आयोजना गरिएको हो । भरतपुर, रत्ननगर र राप्ती लगायतका  विभिन्न स्थानमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएर थापा काठमाडौँ फर्किएका छन् ।

 

 

 

https://ujyaalonepalnews.com/archives/17775

Previous articleकालिकाका वडाध्यक्ष टीका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा २ जना पक्राउ
Next articleसाउदी अरबमा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।