लेटाङमा प्रहरी र विद्यार्थीबीच झडप, महिला प्रहरीको मृत्यु

मोरङ- मोरङको लेटाङ नगरपालिकामा विद्यार्थी र प्रहरीबीच भएको झडपमा एक जना महिला प्रहरीको मृत्यु भएको छ ।

लेटाङ नगरपालिका वडा नं. ५ खेरुवास्थित शिक्षा विकास माध्यमिक विद्यालयका एक जना शिक्षकले एकजना छात्रालाई यौन दूर्व्यवहार गरेको घटनामा विद्यार्थी र प्रहरी बीच झडप भएको थियो ।

हिजो दिउँसो विद्यार्थी तथा स्थानीयहरुले विद्यालय घेराउ गरी शिक्षकलाई कुटपिट गर्न थालेपछि प्रहरीले शिक्षकलाई उद्धार गर्ने क्रममा झडप भएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले शिक्षकलाई प्रहरी कार्यालय लैजान लाग्दा विद्यालयमा आगजनी गर्नुका साथै प्रहरी माथि ढुंगामुढा गर्दा केही प्रहरी र विद्यार्थीहरु समेत घाइते भएका छन् ।

सोही क्रममा एक जना महिला प्रहरीमाथि छुरा प्रहार भएको र उनको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।

झडपका क्रममा केही सेल अश्रुग्याँस र हवाई फायर समेत गरिएको बताइएको छ । सो घटनाको अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।-

https://ujyaalonepalnews.com/archives/17928

Previous article१२ वर्षिया बालिका माथि यौन दुर्व्यवहार; पक्राउ गर्न गएको प्रहरीमाथि स्थानीयको आक्रमण एकजना प्रहरी जवानको मृत्यु
Next articleप्रथम कार्यवाहक राष्ट्राध्यक्ष गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाइँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।