Home Uncategorized तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन, निर्यात शून्य

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन, निर्यात शून्य

सिन्धुपाल्चोक। चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ । माघ मसान्तसम्म रु दुई अर्ब चार करोड राजस्व सङ्कलन भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले बताउनुभयो । रु ८२ करोड ६४ लाख लक्ष्य रहेकामा यो लक्ष्यको २४७.१७ प्रतिशत हो ।

आर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्म एक अर्ब ६४ करोड लक्ष्य लिएकामा रु दुई अर्ब चार करोड राजस्व उठेको थियो । राजस्व उठे पनि आयात भने सहज नभएको प्रमुख गौतमले बताउनुभयो । सोमबार दुईवटा मात्रै कन्टेनर भित्रिएको, कहिले आयात शून्य हुने उहाँले बताउनुभयो । नाका सञ्चालन गर्न उच्चस्तरीय पहल गर्नुपर्नेमा उहाँको जोड छ ।

विसं २०७२ को भूकम्प, बाढीपहिरो तथा कोरोना महामारीपछि नाका सजहरूपमा सञ्चालन हुनसकेको छैन । आयात न्यून रहेको छ भने निर्यात शून्य रहेको गौतमले बताउनुभयो । नेपाल आइपुगेका १० मुख्य सामग्रीमा तयारी कपडा, स्याउ, होजियरी कपडा, जुत्ता चप्पल, ओखर, लेडिज सेण्डल, डबल क्याव पिकअप गाडी, हाते झोलालगायत छन् । भूकम्पअघि यस नाकाबाट दैनिक रु डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कालिकाको अध्यक्षमा धर्मेन्द्रजंग रायमाझी निर्वाचित

Previous articleसिलाइ व्यवसायका लागि आवश्यक पर्ने सामानमा राज्यले विशेष छुट दिनुपर्छ : मन्त्री आले
Next articleनेपालको कूटनीतिक सम्बन्ध १७४ देशमा विस्तार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।