फोनिज अध्यक्षमा गजुरधन राई निर्वाचित

काठमाडौं– आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को अध्यक्षमा गजुरधन राई निर्वाचित हुनुभएको छ ।

चितवनको सौराहामा भएको सातौं संघीय महाधिवेशनबाट नेपाल टेलिभिजनका कार्यकारी समाचार सम्पादक राई सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको हो । अध्यक्षसहित वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी, महिला उपाध्यक्ष सरु राना, संस्थागत उपाध्यक्ष जगत दोङ, महासचिव मिलन लिम्बू, सचिव संस्थागत छेटु शेर्पा, कोषाध्यक्ष लाला गुरुङ र सहकोषाध्यक्ष सञ्जु ब्लोन सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

खुला उपाध्यक्ष, अल्पसंख्यक उपाध्यक्ष, खुला सचिव, अल्पसंख्यक सचिव लगायतका पदमा भने निर्वाचन भएको छ । निर्वाचनको परिणाम आजै सार्वजनिक हुने नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

महाधिवेशनले ४७ सदस्यीय संघीय समिति निर्वाचित गर्नेछ । महाधिवेशनमा देशभरका ४२४ प्रतिनिधि पत्रकार सहभागी हुनुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/18022

Previous articleबिमा सर्भेयर र बिमा अभिकर्ताको इजाजतपत्रको नवीकरण डिजिटल माध्यमबाट
Next articleसबै सामुदायिक विद्यालयमा शुद्ध र स्वच्छ खानेपानीको व्यवस्था गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।