तक्मे बुढा बने छोराको बाबु

काठमाडौं / कलाकार विल्सन विक्रम राई पिता बनेका छन् । विल्सनकी पत्नी सरिना लामाले बुधवार छोरालाई जन्म दिएकी हुन् ।
गत फागुनमा सुटुक्क बिहे गरेका राईले गत भदौमा आफूले बिहे गरेको खुलाएका थिए । उनले झापाकी सरिना लामासँग बिहे गरेका थिए ।

विल्सनले सामाजिक सञ्जालमार्फत तस्वीर शेयर गर्दै खुशी साटेका छन् । विल्सन बाबु बनेको अभिनेता दयाहाङ राईले सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका छन् ।

दयाहाङ राईले लेखेका छन्, ‘यसरी हाम्रो विल्सन बाउ बने, बधाई छ भाइबुहारीलाई अनि छोरालाई स्वागत ।’ विल्सन बुबा बनेपछि कलाकार तथा फ्यानले विल्सनलाई बधाई दिएका छन् ।

The post तक्मे बुढा बने छोराको बाबु appeared first on Purbeli News.

‘भ्रष्टाचारी मुख हेर्दिन भन्ने प्रधानमन्त्रीले आफ्नै क्याविनेटका मन्त्रीको यो प्रकरणपछि के गर्नुहुन्छ ?’

Previous articleमनाङको अपराजित यात्रा कायमै
Next articleयस्तो देखियो ट्रेलरमा धुर्मुस-सुन्तलीको ‘सेन्टी भाइरस’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।