यस्तो देखियो ट्रेलरमा धुर्मुस-सुन्तलीको ‘सेन्टी भाइरस’

इटहरी / फिल्म ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ । धुर्मुस-सुन्तलीले बनाएका फिल्मको ट्रेलर बुधबार सार्वजनिक भएको हो। गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण अभियानका लागि भन्दै ट्रेलरमा प्रचार गरिएको छ ।

यसको निर्देशन रामबाबु गुरुङले गरेका हुन् भने फिल्मका निर्माता डिन्डु लामा ह्योल्मो हुन् । फिल्ममा सीताराम कट्टेल र कुञ्जना घिमिरेले मुख्य भूमिका निभाएका छन्। उनीहरूलाई दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल लगायतले साथ दिएका छन् ।

 

The post यस्तो देखियो ट्रेलरमा धुर्मुस-सुन्तलीको ‘सेन्टी भाइरस’ appeared first on Purbeli News.

रिपुमर्दिनी विद्यालयको अभिभावन दिवस सम्पन्न

Previous articleतक्मे बुढा बने छोराको बाबु
Next articleयी र्यापरले अन्तरबार्तामै छाडा गीत गाएपछि (भिडियो सहित)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।