गीता पंगेनी, चितवन- विकू बचत तथा ऋण सहकारी संस्थाले रत्ननगर टाँडी बजारबाट एकिकृत सेवा शुभारम्भ गरेको छ । रत्ननगर नगरपालिका कि उप-प्रमुख तथा कार्यक्रम कि प्रमुख अतिथि विमलादेवी दुवाडीले बुधबार आयोजित औपचारिक कार्यक्रमका बीच सेवा केन्द्रको उद्घाटन गरेकी हुन् । रत्ननगरको बकुलहरमा पुजा सेवा केन्द्र मार्फत विकुले सेवा शुभारम्भ गरेको हो ।

गैंडाकोट नगरपालिका– ८ मा केन्द्रीय कार्यालय भई नवलपुर र चितवन जिल्लामा सेवा प्रवाह गरिरहेको विकू साकोस र रत्ननगरमा रहेको पुजा बचत तथा ऋण सहकारी संस्था बीच एकिकरण भएको थियो । रत्ननगरमा विगत सात वषदेखि संचालनमा रहेको पुजा बचत तथा ऋण सहकारी संस्थामा २५०० शेयर सदस्य थिए । ति २५०० शेयर सदस्य अब विकुको शेयरधनी भएका छन् । झन्डै एकलाख ३० हजार शेयर सदस्य रहेको विकुले रत्ननगरमा आफ्नो २१ औं सेवाकेन्द्रको विस्तार गरेको हो ।

कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथि एवम् नगर उप-प्रमुख विमलादेवी दुवाडीले विकु विपन्न वर्गका सदस्यहरुको जिवनस्तर माथि उकास्न आय आर्जन सिकाउने संस्था रहेको बताउनु भयो । विकुको आगमन रत्न्ननगरका आम किसान, व्यावसायी ,मजदुर उद्यमी र यस क्षेत्रको लागि अवसर तथा गौरवको विषय भएको व्यक्त गर्दै स्थानिय सरकारको तर्फबाट पुर्ण सहयोगको प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा विशिस्ट अतिथिको रुपमा रत्ननगर नगरपालिका सहकारी शाखा प्रमुख स्वस्तिका अर्याल उपस्थित हुनुहुन्थ्यो भने अतिथिको रुपमा सहकारी संजाल रत्ननगर कि अध्यक्ष ऋतु गिरी, कांग्रेस नेता रुपनराज घिमिरे, समाजसेवी तथा सहकारीकर्मी शिवकान्त पौडेल लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा पुजा बचत तथा ऋण सहकारीका संस्थापक सदस्य, संचालक समिति, लेखा समिति, महिला उप-समिति र प्रबन्धक सुरज लौडारी गरि २७ जनालाई सम्मान समेत गरिएको थियो । त्यस्तै कार्यक्रममा आठ जना वृद्धवृद्धाहरुलाई एटिएम कार्ड र लौरी दिएर सम्मान पनि गरिएको थियो ।

https://ujyaalonepalnews.com/archives/18426


