निर्माणस्थलमा पुरिएर कुवेतमा ४ नेपालीको मृत्यु

१ फागुन, काठमाडौं । कुवेतको एक निर्माणस्थलमा  पुरिएर ४ नेपालीको ज्यान गएको छ । ३ जना घाइते छन् ।

कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा बुधबार खसेको बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर  ४ नेपालीको ज्यान गएको अरब टाइम्सले जनाएको छ । तर, घटनामा ज्यान गुमाउने नेपाली को–को हुन् भन्नेबारे भने खुलाइएको छैन ।

ढिस्कोमा पुरिएर घाइते ३  काे उपचार भइरहेकाे छ । समाचार अनुसार, घाइतेको पहिचान हुन बाँकी छ ।

ढिस्कोमा पुरिएका सबै कामदार चिनियाँ कम्पनीका हुन् ।

प्रत्यक्षदर्शीहरूले बताएअनुसार, निर्माणस्थलको ब्लक ५ मा ढल निर्माण गरिरहेका बेला ढिस्को खसेको थियो । घटनालगत्तै ७ लाई उद्धार गरेर अस्पताल लगिएकोमा ४ को ज्यान गएको अरब टाइम्सले जनाएको छ ।

 

चितवनका यि ५ उम्मेदवार जसले १० मत पनि कटाउन सकेनन्

Previous articleनेपाली नागरिकको भारतमा गोली हानी हत्या
Next articleट्याक्सी र मोटरसाइकल ठोक्किँदा पोखरामा एकजनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।