यात्रुवाहक बसबाट लाखौँ मूल्य बराबरका भाँडाकुँडा नियन्त्रणमा

बारा । बारास्थित पथलैया प्रहरी चौकीले यात्रुवाहक बसबाट अनलाइन बिल नभएको लाखौँ मूल्य बराबरको भाँडाकुँडा नियन्त्रणमा लिएको छ ।

नियमित प्रहरी चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा धरानबाट काठमाडौँ जाँदै गरेको मे.१.ख.२०८५ न.को बसको डिकीमा लुकाइछिपाई लाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

बरामद गरिएको मालसामानको मूल्य करिब दुई लाख रुपैयाँ रहेको छ । बरामद गरिएका सामान राजश्व कार्यालय पथलैया पठाइएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/18629

Previous articleविद्युतीय दुर्घटना न्यूनीकरणमा जुट्न आग्रह
Next articleटेलिकमको भ्वाइस सेवाको ग्राहक आधार ५.५७ प्रतिशतले वृद्धि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।