भागबन्डा प्रति रत्ननगरमा माओवादीको असन्तुष्टि मित्रवत् चुनाव लड्ने घोषण

उज्यालो नेपाल, वैशाख ११-  रत्ननगरमा सत्ता गठबन्धन दलहरु बीच भएको भागबण्डा प्रति माओवादी केन्द्रले असहमति जनाएको छ ।  भागबण्डा प्रति गम्भिर असन्तुष्टी जनाउँदै माओवादी केन्द्र रत्ननगर नगर कमिटीले आज साँझ एक विज्ञप्ति जारी गरेर एक्लै चुनाव लड्ने बताएको छ ।

नगर प्रमुख उपप्रमुखको भागबन्डामा आफ्नो पार्टीको प्रतिनिधित्व नरहेको र वडाध्यक्षको बाँडफाँडमा पनि  पार्टीको सदस्य संख्या, भौगोलिक अवस्था र जनमतको आधार विपरित भएको भन्दै  रत्ननगरको १६ वटै वडामा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरिएको माओवादी केन्द्रले जानकारी दिएको छ  ।

यस अघि  रत्ननगरमा मेयर काँग्रेस, उपमेयर समाजवादी, नौ ओटा वडा काँग्रेस, चार ओटा वडा माओवादी र तीन ओटा वडा समाजवादीलाई हुने गरी सहमती गरिएको थियो ।

समग्र चितवनको चुनाबी गतिबिधि थाहा पाउन ” चितवनको चुनाबी चहलपहल” ग्रुपमा ज्वाईन हुनुहोला ! ज्वाईन हुन यँहा क्लिक गर्नुहोला ।

https://ujyaalonepalnews.com/archives/19264

Previous articleनेप्से परिसूचकमा उच्च अङ्कको बृद्धि
Next articleरत्ननगर १६ मा हेमराज थापा पुन: उम्मेदवार बन्दै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।