निराजन घिमिरे, वैशाख १२- मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नं. १२ बाट वडाध्यक्ष पदको लागी ज्ञानेन्द्र बजगाईले उम्मेद्वारी दर्ता गराएका छन् । सत्ता गठबन्धनमा भएको सहमती अनुसार नेपाली कांग्रेसको तर्फ बाट बजगाईले उम्मेद्वारी दिएका हुन् ।
बकैया १२ मा वडाध्यक्ष र एउटा खुल्ला सदस्य पद कांग्रेसको भागमा परेको छ भने एउटा खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्य माओवादी केन्द्रले पाउने सहमती भएको छ । यसै सहमती अनुसार खुल्ला सदस्यमा नेपाली कांग्रेसको तर्फ बाट कृष्ण प्रसाद दाहालले उम्मेद्वारी दिएका छन् ।
यस्तै एनेकपा माओवादी केन्द्रको भागमा परेको एउटा खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदको लागी क्रमश: दावा दोर्जे लामा, तारा कुमारी घिमिरे र अन्जना वि.क को उम्मेद्वारी दर्ता भएको छ ।
उनीहरुले सोमबार बकैया गाउँपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन् ।
https://ujyaalonepalnews.com/archives/19368


