Home Uncategorized आगलागी हुँदा १५ लाखको क्षति

आगलागी हुँदा १५ लाखको क्षति

मलङ्गवा। मलङ्गवा नगरपालिका–१० स्थित एक घरमा आगलागी हुँदा रु १५ लाख मूल्य बराबरको क्षति भएको छ ।

नेपाली कांग्रेसका नेता जयप्रकाश मल्लिकको घरमा आज बिहान चार बजेको समयमा भएको आगलागीमा अन्नपात, लत्ताकपडा र गरगहना जलेर रु १५ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

बिद्युत् चुहावट हुँदा घरमा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिए पनि सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । घरमा सुतिरहेको समयमा आगलागी हुँदा ठूलो क्षति हुन पुगेको पीडित मल्लिकले बताउनुभयो । छिमेकीले भनेपछि घरमा आगो लागेको मल्लिक परिवारले थाहा पाएको थियो ।

स्थानीयवासी मिलेर आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट सरसमान जलेपनि पक्की घर भएका कारण र स्थानीयवासीले मिलेर समयमै आगो नियन्त्रणमा लिएपछि थपक्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/19369

Previous articleबकैया १२ बाट वडाध्यक्षमा ज्ञानेन्द्र बजगाईको मनोनयन दर्ता
Next articleरत्ननगर १६ मा नेपाली कांग्रेसबाट वडाध्यक्षमा बद्रि अर्यालले गरे मनोनयन दर्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।