रत्ननगर १५ बैशाख । राष्ट्रिय प्रजातान्त्र पार्टी चितवन क्षेत्र नं १ का क्षेत्रीय समितिका अध्यक्ष बलराम खनाल यतिबेला निकै व्यवस्त छन् ।
विहान सात नबज्दै घरबाट निस्किने खनालको दौडधुप पार्टीले अघि सारेका उमेदवारहरुलाई केन्द्रित हुने गरेको छ । चितवन क्षेत्र नं १ अन्तर्गत रत्ननगर,खैरहनी र राप्ती नगरपालिका पर्छन । खनाल तीनवटै पालिकामा पार्टीले अघि सारेका उमेदवारहरुलाई जिताउन एक्लै दौडधुप गरिरहेका छन् ।
राप्रपामा धेरै बर्षपछि आशाको किरण पलाएको छ । ठुला दलहरुको कार्यशैलीका कारण राप्रपाप्रति जनविश्वास बढ्दै गएको आकलन गरिएको छ । यसैको मौका छोपेर खनाल आफ्ना उमेदवारहरुलाई जिताउन गाउँबस्तीमा पुगेका छन् । पार्टीमा प्रवेश गर्न चाहनेलाई भेटघाट देखि पार्टीको चुनावी रणनीति बनाउने सम्मको काममा उनी सक्रिय छन् ।
राप्रपालाई पुनर्जीवन दिने मौका यही हो उनले भने अहिले कस्एिर काम गर्न सकिएन भने यस्तो मौका फेरी फेरी आउदैन । विहान देखि राती अबेर सम्म चुनावी कार्यक्रममै व्यस्त हुने खनालले बताए । निर्वाचन क्षेत्र अन्तर्गत पर्ने तीनवटै पालिकामा राप्रपाले मेयर,उपमेयर,वडाध्यक्ष तथा वडासदस्यमा उमेदवारी दिएको छ । खनालले चुनावी योजना बनाउने देखि मतदाताको घरदैलोमा पुगेर भोट माग्न समेत भ्याएका छन् ।
https://ujyaalonepalnews.com/archives/19475


