पदोन्नति भएका सशस्त्रका ७२ डिएसपीलाई दर्ज्यानी चिह्न

काठमाडौं- सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) मा पदोन्नति भएका ७२ जना अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।

नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको यही वैशाख १५ गतेको निर्णयले उहाँहरु डिएसपीमा पदोन्नति हुनुभएको थियो । महानिरीक्षक केसीले पदोन्नति भएका सशस्त्र प्रहरी नायब उपरीक्षकलाई बधाई दिँदै कार्य सफलताको शुभकामना दिनुभएको छ । उहाँले सङ्गठनमा रहेर उहाँहरुले प्रदर्शन गरेको व्यावसायिकता र सेवा प्रवाहको मूल्याङ्कनस्वरूप पदोन्नति प्राप्त भएको बताउनुभयो ।

दर्जासँगै बढेको जिम्मेवारीलाई अझ बढी क्रियाशील भई कार्य सम्पादनमा जुट्न निर्देशन दिँदै केसीले कमाण्डर तहका अधिकृतहरुले मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई सही मार्ग निर्देशन दिनुपर्नेमा जोड दिनुभयो ।

महानिरीक्षक केसीले पदोन्नति वृत्ति विकासको महत्वपूर्ण पाटोको रूपमा रहेको चर्चा गर्दै जिम्मेवारीका क्षेत्रमा परिचालन हुँदा अझै बढी अनुशासित, लगनशील र इमान्दारीपूर्वक राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा कटिबद्ध हुन पनि निर्देशन दिनुभयो ।-

https://ujyaalonepalnews.com/archives/19478

Previous articleराप्रपा: तीन पालिकाका जिताउन खनालको एक्लै दौडधुप
Next article‘मत दिन चाहन्न’ लागू गर्न मुद्दा दर्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।