सल्यानबाट १२ करोडभन्दा बढीको कृषिजन्य वस्तु निकासी 

i

सल्यान । सल्यानबाट चालु आर्थिक वर्ष २०७८/०७९ को दुई चौमासिकमा १२ करोडभन्दा बढीको कृषिजन्य वस्तुको निकासी भएको छ । 

चालु आर्थिक वर्षको पहिलो र दोस्रो चौमासिक ८ महिनाबाट बिचमा १२ करोड ७ लाख २६ हजार ५५ रुपैयाँको कृषिजन्य बस्तु जिल्ला बाहिर निकासी भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । 

कार्यालयका अनुसार जिल्लाबाट टमाटर ११ लाख १० हजार ७ सय ३१ किलो, बन्दा ८ लाख हजार १२ हजार ७ सय २७, काउली ४ लाख ४२ हजार, २ सय ५०, सिमी १ लाख २६ हजार ४ सय ४२, भेडे खुर्सानी १ लाख १३ हजार ६ सय २६, काँक्रो १ लाख ६४ हजार ७ सय २३, हरियो खुर्सानी १ लाख ३ हजार ८ सय ६१, मुला १२ हजार ७१, भ्यान्टा २ हजार ५ सय ४९ अकबरे खुर्सानी ७ हजार १ सय ४५ किलो ताजा तरकारी निकासी भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रमेश कुमार बस्नेतले जानकारी दिनुभयो । 

यस्तै, चुच्चे करेला २९ हजार २ सय ६६, साग १ लाख २५ हजार, राजमा सिमी ४ हजार ८ सय ३३, आलु ३ हजार ९ सय ५०, तिते करेला १ हजार ८३, लोकल सिमी १ हजार , फर्सी ११ सय, खुर्सानी मसिनो २ हजार ८ सय ३०, इस्कुस १२ सय किलो गरी २९ लाख ८२ हजार १ सय ११ किलो कृषिजन्य वस्तु निकासी भएको बस्नेतले बताउनुभयो । 

https://ujyaalonepalnews.com/archives/19508

Previous articleनेपालसँगको विकास साझेदारीमा अमेरिकाले निरन्तर सहयोग गर्ने  
Next articleBreaking….. रत्ननगरमा १२ जनाको उम्मेदवारी फिर्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।