बिहानैदेखी रत्ननगर वडा नं १ मा एमालेको घरदैलो 

रत्ननगर, बैशाख २२ । रत्ननगर नगरपालिका वडा नं १ मा बिहानैदेखी नेकपा एमालेको उमेदवारहरुले जनतासंग भोट माग्न घरदैलो गरेका छन् ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि विकासका योजना सुनाउदै उमेदवारले घरदैलोमा पुगेर भोट मागेका हुन । वडाध्यक्ष पदका उमेदवार सालिग्राम पराजुली खुल्ला सदस्यका उमेदवारहरु बाबुराम श्रेष्ठ, दोबराज केसी महिला सदस्यकी उमेदवार सुनितादेवी भट्ट कुँवर र दलीत महिला सदस्यकी उमेदवार विभादेवी परियार सहितका नेता तथा कार्यकर्ताहरुले सो वडामा घरदैलो गरेका हुन ।

एमालेले रत्ननगरको मेयरमा बिमला दुवाडी र उप मेयरमा यादब पाठकलाई उम्मेदवार बनाएको छ ।

https://ujyaalonepalnews.com/archives/19739

Previous articleआफ्नै प्रतिस्पर्धीलाई एक लाख रुपैयाँको नोटको माला लाउँदै उम्मेदवारी फिर्ता
Next articleसमाजवादी रत्ननगरमा पहिरो, वडाकमिटि नै एमालेमा समाहित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।