रत्ननगर,बैशाख २२- नेकपा एकिकृत समाजवादी रत्ननगर वडा नम्बर ३ को वडा कमिटीनै एमालेमा समाहित भएको छ । वडा कमिटी अध्यक्ष अशोक भुषालको नेतृत्वमा वडा कमिटीनै एमालेमा समाहित भएको हो ।
भुषाल सहित वडा कमिटीका सदस्यहरुलाई नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा स्वागत गरेका हुन् ।
नेकपा एमालेमै फर्किनेमा सुबास भुषाल,दिपेश श्रेष्ठ,संजय चौधरी, नवराज अधिकारी,लक्ष्मण रानाभाट,इश्वर लामा,लाल बहादुर तामाङ सहित कांग्रेसका नवराज श्रेष्ठ पनि एमालेमा प्रवेश गरेको एमाले नगर कमिटी अध्यक्ष इश्वरी अर्यालले जानकारी दिए ।
https://ujyaalonepalnews.com/archives/19741


