रत्ननगर, बैशाख २२ । रत्ननगर नगरपालिका वडा नं १ मा बिहानैदेखी नेकपा एमालेको उमेदवारहरुले जनतासंग भोट माग्न घरदैलो गरेका छन् ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि विकासका योजना सुनाउदै उमेदवारले घरदैलोमा पुगेर भोट मागेका हुन । वडाध्यक्ष पदका उमेदवार सालिग्राम पराजुली खुल्ला सदस्यका उमेदवारहरु बाबुराम श्रेष्ठ, दोबराज केसी महिला सदस्यकी उमेदवार सुनितादेवी भट्ट कुँवर र दलीत महिला सदस्यकी उमेदवार विभादेवी परियार सहितका नेता तथा कार्यकर्ताहरुले सो वडामा घरदैलो गरेका हुन ।
एमालेले रत्ननगरको मेयरमा बिमला दुवाडी र उप मेयरमा यादब पाठकलाई उम्मेदवार बनाएको छ ।
https://ujyaalonepalnews.com/archives/19739


