थ्रीस्टारसँग ४–० ले हारेपछि रेलिगेसनको खतरामा सरस्वती यथावत

दशरथ रगंशालामा शनिबार भएको खेलमा सरस्वती युथ क्लबलाई ४–० ले हराउँदै थ्रीस्टार चौथो स्थानमा उक्लिएको छ।

उपाधि होडबाट बाहिरिसकेको घोषणा गरेको थ्रीस्टार शीर्ष ६ मा रहने योजनामा छ। ५ खेलमा जित, २ मा बराबरी र ३ मा हार बेहोरेको थ्रीस्टारको १७ अंक भएको छ।

हारसँगै सरस्वती भने रेलिगेसन जोनमा यथावत छ। अंक तालिकाको पुछारमा रहेको सरस्वतीले दशौं चरणसम्म आइपुग्दा १ मा जित १ मा बराबरी गरेको छ भने बाँकी सबै खेल गुमाएको छ।

लगातारको हारसँगै सरस्वतीको रेलिगेसनमा पर्ने खतरा बढीरहेको छ। पहिलो हाफमा गोलरहित बराबरी खेलेको थ्रीस्टारले सबै गोल दोस्रो हाफमा गर्यो। लाल राममर्भाको गोलबाट खाता खोलेको थ्रीस्टारका लागि खेलको ५७ औं मिनेटमा सन्जोक राईले दोस्रो गोल गरे।

त्यसपछि खेलको ६० र ७१ औं मिनेटमा राईले लगातार दुई गोलगर्दै ह्याट्रिक पुरा गरेका थिए।

शनिबारकै दोस्रो खेलमा सानमिगेल मछिन्द्र क्लब र विभागीय नेपाल एपिएफ क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुँदैछ।

सोही मैदानमा हुने खेलमा रेलिगेसन जोन छाड्न एपीएफ अंक दुरी बढाउने योजनामा छ। दोस्रो स्थानमा रहेको मछिन्द्र एपिएफलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लँदै आफ्नो उपाधि होड बलियो बनाउन चाहन्छ।

सवारी दुर्घटनामा पाँचजनाको मृत्यु

Previous articleरेलिगेसनबाट उम्कने दाउमा एपीएफ र सरस्वती
Next articleओडिसाको पोस्टमा सावित्रा एक्लैका ५ गोल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।