सवारी दुर्घटनामा पाँचजनाको मृत्यु

काठमाडौं । भक्तपुर, पर्सा, मकवानपुर, दोलखा र कास्कीका विभिन्न भागमा भएका सवारी दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ की २६ वर्षीया शान्ति गौतम र वीरगञ्ज महानगरपालिका–२१ का ३० वर्षीय अनिल यादव ट्रक दुर्घटनामा मारिएका केन्द्रीय प्रहरी समाचार कक्षले आज जनाएको छ ।

उक्त कक्षबाट प्राप्त समाचारअनुसार बिहीबार र शुक्रबारका सवारी दुर्घटनामा मकवानपुरको थाहानगरपालिका–६ का ६६ वर्षीय मुक्तिनाथ विडारीको मोटरसाइकल दुर्घटनामा, दोलखा–कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीमा बसले ठक्कर दिँदा १० वर्षीय पुजन थामी र पोखरा महानगरपालिका–११ फूलबारी सडकमा स्कुटल दुर्घटना हुँदा भोजपुरका ३० वर्षीय काइँला राईको मृत्यु भएको छ ।

The post सवारी दुर्घटनामा पाँचजनाको मृत्यु appeared first on Rajdhani Daily News.

गैंडाकोटको अक्फोर्ड कलेजलाई अर्को अन्तर्राष्ट्रिय अवार्ड

Previous article८४ वर्षीयालाई बलात्कार गरेको आरोपमा चारजना पक्राउ
Next articleठाडोभाका गीतका सर्जक दुराको जन्मघरमा संग्रहालय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।