रेलिगेसनबाट उम्कने दाउमा एपीएफ र सरस्वती

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको दशौं चरणको खेल शनिबारदेखि सुरु हुँदैछ। दशौं चरणको पहिलो दिन आज २ खेल हुनेछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने शनिबारको पहिलो खेलमा रुस्लान थ्री स्टार र सरस्वती युथ क्लबबीच मध्यान्ह १२ बजे तथा दोस्रो खेलमा सानमिगेल मछिन्द्र क्लब र विभागीय नेपाल एपीएफ क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुँदैछ।

दशौ चरणसम्म आइपुग्दा पुछारबाट पहिलो र दोस्रोमा रहेका सरस्वती र एपीएफलाई रेलिगेसनबाट बच्ने उपाए छ। शनिबार मैदान उत्रँदा दुवै टोली रेलिगेसन जोन छाड्ने लक्ष्यमा हुनेछन्।

यता दोस्रो स्थानमा रहेको मछिन्द्र एपीएफलाई पराजित गर्दै शीर्षस्थान उक्लदै उपाधि दावेदारीलाई बलियो बनाउन चाहन्छ। एपीएफ रेलिगसन जोनबाट अंक दुरी बढाउने योजनामा हुनेछ। मछिन्द्रलाई शीर्ष स्थानमा उक्लन तथा एपीएफलाई रेलिगेसन जोन छाड्ने दबाब छ।

आजको पहिलो खेलमा थ्री स्टार र सरस्वतीबीच प्रतिस्पर्धा हुँदैछ। रेलिगेसन जोनमा रहेको सरस्वती थ्री स्टारलाई हराउँदै रेलिगेसन जोन छोड्न चाहन्छ। उपाधि होडबाट बाहिरिएको घोषणा गरेको थ्री स्टार सरस्वतीलाई हराउँदै शीर्ष ६ को यात्रा सहज बनाउने दाउमा हुनेछ। पाँचौ स्थानमा रहेको थ्री स्टारको १४ अंक छ। सरस्वती ४ अंकसहित पुछारमा छ।

शिवरात्रिको डोरीले गयो बालकको ज्यान

Previous articleहात्तीवनमा क्रिकेट र फुटसल एकेडेमी सञ्चालनमा
Next articleथ्रीस्टारसँग ४–० ले हारेपछि रेलिगेसनको खतरामा सरस्वती यथावत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।