राप्ती नगरपालिकामा प्रारम्भिक मतपरिणामः मेयर-उपमेयरमा एमालेको अग्रता कायमै

चितवन, बैशाख ३१- राप्तीको भण्डारा माविमा राति १ बजेबाट मत गणना सुरु भएको थियो । सुरुमा राप्ती ६ को मत गणना सुरु गरीएको हो । राप्ती वडा नं.६ को ५ सय ५० मत गणना हुदा मेयर र उपमेयरमा एमालेको अग्रता कायमै रहेको छ । मतगणनाको प्रारम्भिक नतिजामा एमालेले अग्रता कायमै गरेको हो ।

मेयरमा एमालेका गोविन्दप्रसाद कडेलले २ सय ७४ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका शमसेर लामाले २ सय मत प्राप्त गरेका छन । राप्रपाका मनोज अधिकारीले ३, राष्ट्रिय नागरिक पार्टिका बिक्रमी महतोले ५, मौलिक जरोकिलो पार्टिका कुशल पाठकले २ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी मेनुका पाठकले २ सय ९४ र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका देवेन्द्र लामाले १ सय ८७ मत प्राप्त गरेका छन । राष्ट्रिय नागरिक पार्टिका जितबहादुर बिकले ३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी राप्ती ६ को वडा अध्यक्षमा एमालेबाट जलु चौधरी थारुले ३ सय २५, नेपाली कांग्रेसबाट बिक्रम चौधरीले १ सय ६७ र नेकपा एकिकृत समाजबादीबाट शुक्रराज चौधरीले १३ मत प्राप्त गरेका छन् । यस राप्ती वडा नम्बर ६ मा ३४ सय ८२ मत खसेको थियो ।

 

https://ujyaalonepalnews.com/archives/20037

Previous articleरत्ननगरमा मतगणना सुरु
Next articleरत्ननगर १ को प्रारम्भिक मत परिणाम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।