रत्ननगर १ को प्रारम्भिक मत परिणाम

Click Image

उज्यालो नेपाल, वैशाख ३१- रत्ननगर नगरपालिका वडा नं. १ को प्रारम्भिक मतपरिणाम आएको छ । विहान सवा १० बजे बाट सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको हो ।

१०० मत गणना गर्दा वडाध्यक्ष तर्फ नेपाली कांग्रेसका कुलप्रसाद सापकोटाले ३४, एमालेका शालिकराम पराजुलीले ३२, माओवादी केन्द्रका युवराज पौडेलले २२ , राप्रपाका रामचन्द्र चौधरीले ३  मत प्राप्त गरेका छन् ।

त्यस्तै मेयर उम्मेदवारहरु नेपाली कांग्रेसका प्रलाद सापकोटले ५५, नेकपा एमाले बिमलादेवी दुवाडीले ३३ र राप्रपाका हरिशरण भट्टराईले ३ प्राप्त गरेका छन् । उपमेयर तर्फ एमाले कि यादब प्रसाद पाठकले  ३२, समाजवादीका बद्रि घिमिरेले पनि ३२ मत र स्वतन्त्र उम्मेदवार विरंजना घिमिरेले ६ र बिमला चौधरीले ५ मत प्राप्त गरेकी छन् ।

https://ujyaalonepalnews.com/archives/20041

Previous articleराप्ती नगरपालिकामा प्रारम्भिक मतपरिणामः मेयर-उपमेयरमा एमालेको अग्रता कायमै
Next articleचितवनको खैरहनीमा कांग्रेसको अग्रता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।