१८३१ मतनगना गर्दा रत्ननगर ८ मा यस्तो आयो नतिजा

उज्यालो नेपाल, जेठ ३- रत्ननगरमा जारी मतगणनामा वडा नं. १ देखि ७ सम्मको मतपरिणाम आईसकेको छ । नतिजा आईसकेका ७ वडा मध्ये छ वटा वडामा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् भने वडा नं. ७ मा नेकपा एमालेका सजना महतो विजयी भएका छन् ।

अहिले वडा नं. ८ देखि १० सम्मको मतगणना भईरहेको छ । गणना चलिरहेको वडा मध्ये वडा नं. ८ र १० मा नेपाली कांग्रेसका उमेदवार अगाडी छन् भने वडा नं. ९ मा नेकपा एमाले घपन बहादुर लामाले अग्रता लिएका  छन् ।

१८३१ मतगणना गर्दा वडा नं. ८ मा आएको नतिजा यस्तो छ ।

मेयर
नेकपा एमाले ( बिमला दुवाडी): ५८६
गठबन्धन (प्रलाद सापकोटा ): ९३७
राप्रपा (हरिशरण भट्टराइ): १३९

उपमेयर
नेकपा एमाले यादब प्रसाद पाठक: ६२९
गठबन्धन: बद्रिनाथ घिमिरे: ४२७
राप्रपा (बिमला चौधरी ):९२

वडाध्यक्ष

नेकपा एमाले (गोकर्ण कुमारी महतो ): ५५८
नेपाली कांग्रेस (कृष्ण चौधरी): ९८८
राप्रपा (रामजी महतो)७८

https://ujyaalonepalnews.com/archives/20259

Previous articleप्रधानमन्त्रीका भाइको निधन
Next articleरत्ननगरमा एमालेले खोल्यो खाता, वडा नं. ७ मा सजना महतो विजयी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।