रत्ननगरमा एमालेले खोल्यो खाता, वडा नं. ७ मा सजना महतो विजयी

उज्यालो नेपाल, जेठ ३- रत्ननगरको जारी मतगणनामा निरन्तर पराजय भोगिरहेको नेकपा एमालेले रत्ननगर ७ मा पुगेर खाता खोलेको छ । वडा नं. ७ को वडाध्यक्षमा एमालेका सजना महतो विजयी भएका छन् ।  यसअघि कांग्रेसको गढ मानिएको वडा नं ७ मा एमालेका सजना महतोको प्यानल नै विजयी भएको हो ।

एमालेका महतोले आफ्ना निकटतम प्रतिद्वन्दी कांग्रेसका बहालबाला वडाध्यक्ष राजन भट्टलाई पराजीत गरेका हुन । महतोले ११६५ र भट्टले ८१० मत प्राप्त गरेका हुन । खुल्ला सदस्यमा कुलप्रसाद आचार्य ११२५,सुर्यबहादुर तामाङ १०८८,महिला सदस्य जानकी चौधरी ११६५ र दलीत महिला सदस्य माइली सुनार ११५३ मतका साथ विजयी भएका हुन । यस भन्दा अघि सो वडा नेपाली कांग्रेसले जितेको थियो ।

वडा नं. ७ का उम्मेदवारहरुले प्राप्त गरेको मततालिका यस्तो छ । 

https://ujyaalonepalnews.com/archives/20264

Previous article१८३१ मतनगना गर्दा रत्ननगर ८ मा यस्तो आयो नतिजा
Next articleएमालेको अवरोधका बीच राष्ट्रियसभा सञ्चालन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।