मन्त्रिपरिषद्को बैठकद्वारा सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ । मन्त्रीपरिषद् बैठकले सरकारको आगामी वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम पारित गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रम आज अपराह्न ४ बजे बस्ने संसद् बैठकमा पेश हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्नुहुने कार्यक्रम रहेको छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट आउँदै छ ।

https://ujyaalonepalnews.com/archives/20587

Previous articleबिरामीको यातायात खर्च दोब्बर गर्ने, अनुत्पादक खर्च कटौती गर्ने भद्रपुर नगरपालिकाको निर्णय
Next articleमूल्यवृद्धि फिर्ता गर्न उद्योगमन्त्रीसमक्ष ध्यानाकर्षण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।