‘विदेशी विनिमय संचितिले आयात धान्ने क्षमता घट्यो’

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विदेशी विनिमय संचितिले आयात धान्ने क्षमता घटेको बताएको छ ।

शुक्रवार मौद्रिक नीतिको समीक्षा गर्दै नेपाल राष्ट्र बैङ्कले आन्तरिक तथा बाह्य क्षेत्रमा दबाब सिर्जना भएको भन्दै ब्याजदरका साथै अन्य छनौट पूर्ण उपकरणहरू अपनाउने जनाएको छ ।

राष्ट्र बैङ्कले बढ्दो स्रोतको अन्तर र विदेशी विनिमय संचितिमा आएको सङ्कुचनका कारण ब्याजदरमा चाप पर्न गएको भन्दै बाह्य क्षेत्र स्थायित्व कायम गर्न मौद्रिक नीतिको कार्यदिशा कसिलो बनाउनु पर्ने अवस्था रहेको उल्लेख गरेको छ ।

चालु मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै नेपाल राष्ट्र बैङ्कले विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैङ्क दर र पुनर्कर्जा दरहरूलाई यथावत् राख्ने समीक्षामा बताएको हो ।

केन्द्रीय बैङ्कले मूल्य तथा बाह्य क्षेत्र स्थायित्वलाई मध्यनजर गरी उत्पादनशील क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, आन्तरिक उत्पादन अभिवृद्धि तथा निर्यात प्रवर्द्धनलगायतका क्षेत्रमा वित्तीय साधनको प्रवाह बढाउन जोड दिने समेत समीक्षामा बताइएको छ ।

https://ujyaalonepalnews.com/archives/20714

Previous articleप्रदेशको समृद्धि कृषिको विकास विना सम्भव छैन : कृषिमन्त्री यादव 
Next articleतेह्र वर्ष अघिको कर्तव्य ज्यान मुद्दाका आरोपी पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।