तेह्र वर्ष अघिको कर्तव्य ज्यान मुद्दाका आरोपी पक्राउ

काठमाडौं- कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले आज भक्तपुरको चाँगुनारायणबाट पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गोरखाको बोर्लाङका डिलबहादुर दराईलाई कर्तव्य गरी मारेको घटनाका फरार प्रतिवादी भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने ३८ वर्षका कैलास कार्कीलाई पक्राउ गरेको हो ।

घटना विसं २०६६ मा भएको थियो । उनलाई आवश्यक कारवाहीकाल लागि आजै जिल्ला प्रहरी कार्यालय गोरखा पठाइएको व्यूरोले सूचना जारी गरी जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/20715

Previous article‘विदेशी विनिमय संचितिले आयात धान्ने क्षमता घट्यो’
Next articleहरित हाइड्रोजन प्रविधिको प्रवर्द्धन गर्न नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ विश्वविद्यालय बीच सहकार्य
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।