प्रदेशको समृद्धि कृषिको विकास विना सम्भव छैन : कृषिमन्त्री यादव 

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवले समयमा नै मन्त्रालयले निर्धारण गरेको वार्षिक कार्यक्रमहरू गर्नका लागि तालुक निकायलाई निर्देशन दिनु भएको छ । 

कृषिमन्त्री यादवले मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजना गरिइएको “अन्तर निकायसँग समन्वय गरी कानुन सम्बन्धी” अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । 

उहाँले कृषि क्षेत्रको विकास विना प्रदेशको समृद्धि कठिन भएकाले प्रदेश सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रमलाई प्रभावकारी किसिमले कार्यान्वयनका लागि आग्रह गर्नु भयो । 

कृषिमन्त्री यादवले विगतका वर्षहरूमा जून प्रकारले कामकाज हुनु पर्दथ्यो त्यो अनुसार नभएको बताउँदै यस वर्ष प्रदेश सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनु भयो ।

उहाँले कार्यालयहरूले कामकाज गर्दा बेरुजू नहुने किसिमले गर्नु पर्ने धारणा राख्दै बेरुजु हुन नदिनका लागि आन्तरिक लेखा प्रणालीलाई मजबुत बनाउनका लागि पनि आग्रह गर्नु भयो ।  

कार्यक्रममा सुशासन तथा सेवा प्रवाहका विषयमा गृह तथा सञ्चार मन्त्रालयका सचिव राम कुमार महतो, मधेश प्रदेशमा कृषिको अवस्था विषयमा मन्त्रालयका सचिव नम्रता सिंह र खरिद तथा बेरुजुका विषयमा प्रदेश लेखा नियन्त्रक राधेश्याम गिरी र नाम नक्सा तथा कानुन सम्बन्धी विषयमा विजय कुमार महतोले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 

कार्यक्रममा मन्त्रालय अन्तर्गतको निर्देशनालय, विभाग तथा कार्यालय प्रमुखहरूको सहभागिता रहेका थिए । 

https://ujyaalonepalnews.com/archives/20712

Previous articleशान्ति स्थापनाका लागि दिवङ्गत भएका तीन नेपालीलाई राष्ट्रसङ्घीय अवार्ड
Next article‘विदेशी विनिमय संचितिले आयात धान्ने क्षमता घट्यो’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।