आर्थिक वर्ष ०७९/०८० को बजेटमाथिको छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सैद्धान्तिक छलफल जारी रहेको  छ । बैठकमा सत्तापक्ष र प्रतिपक्ष सांसदहरुले बजेटमाथि आ–आफ्नो धारणा व्यक्त गरिरहनु भएको छ । 

बैठकमा एमाले सांसद लालबाबु पण्डितले  विकासका अधुरा योजना पूरा गर्न बजेट पर्याप्त  नभएको बताउनुभयो । 

बजेटमाथिको छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद लिङदेनले बजेट आर्थिक सङ्कटलाई रोक्नेतर्फ उन्मुख नभई आगामी निर्वाचन केन्द्रित भएको बताउनुभयो । 

छलफलमा सांसद हृयेश त्रिपाठीले किसानलाई खेतमा पानी, समयमा मल र उम्रिने बिउ भए पुग्छ भन्नुहुँदै किसानलाई पेन्सन दिने  आधार के ? भनेर प्रश्न गर्नुभयो ।

त्यसैगरी सांसद प्रदीप यादवले बजेटमा मधेस प्रदेश ठगिएको बताउनुहुँदै हुलाकी राजमार्गका लागि छुट्याइएको बजेटमा पुनर्विचार गर्न सुझाव दिनुभयो ।

बैठकमा सांसद दुर्गा पौडेलले बजेटमा विदेशीहरूलाई अपार्टमेन्ट किन्न छुट दिने कुरा राख्न नमिल्ने बताउनुभयो । 

बैठकमा सांसदहरू पद्मनारायण चौधरी, निरादेवी जैरु, रंगमती शाही, टेकबहादुर बस्नेत, गोपालबहादुर बम, सत्यनारायण शर्मा खनाल, हितबहादुर तामाङ, लक्ष्मीकुमारी चौधरी, लिलादेवी सिटौला र सुजन किराँतीलगायतले आर्थिक वर्ष २०७९र०८०को बजेटमाथि धारणा राख्नुभयो । 

https://ujyaalonepalnews.com/archives/20996

Previous articleपहिराले पुरिएर दुई मजदुरको मृत्यु
Next articleराष्ट्रियसभा बैठकमा आव २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।